पूर्व राज्यमन्त्री रायको धारिलो हतियार प्रयोग गरी हत्या

काठमाडौं । सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । उनको आइतबार राति चन्द्रनगर गाउँपालिका १ रतनपुरस्थित साविक गाउँको घरमै धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।

रगतले लतपतिएको अवस्थामा रायको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घरमा काम गर्ने रामउजैन रायका अनुसार तीन जना व्यक्ति रायलाई भेट्न राति आएकोमा उनी सँगै सुतेका थिए । उनी बेलाबेला सो घरमा बस्न आउने गरेको देखिएको मधेस प्रदेश प्रहरी कार्यालयका एसपी सुवास चन्द्र बोहराले जानकारी दिए । उनकाअनुसार हत्या घटनाको को अनुसन्धान सुरु भएको छ ।

उनको काठमाडौं, मंगलवासहित तीन ठाउँमा घर रहेको खुलेको छ । सर्लाही उनको गाउँको घर हो । ८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । घटनामा आफन्त वा चिनजानकै व्यक्तिको संलग्नताको आशंका गरिएको छ ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला तथा प्रदेश प्रहरी कार्यालयबाट प्रहरी अनुसन्धानमा जुटेको छ । ‘यहाँ सम्पत्ती हुनेहरु नै हुन्छन् । यस्तोमा सम्पत्तीकै लागि पनि अपराध भएको हुनसक्ने देखिन्छ,’ एक सुरक्षा अधिकारीले भने, ‘८० वर्षीय वृद्धलाई अन्य कुनै सुरक्षा थ्रेट त देखिदैन ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds