महिला एसिया कप : सानदार सुरुवात गरेको नेपालको निराशाजनक हार

काठमाडाैं । महिला एसिया कपअन्तर्गत आइतबारको खेलमा नेपाल नेपाल  पाकिस्तानसँग पराजित भएको छ । यसअघिको पहिलो खेलमा युएई नेपालसँग पराजित भएको थियो ।

आइतबार राति श्रीलंकाको रंगिरीरी दम्बुल्ला अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित भएको हो ।

यसअघि टस हारी पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय आठ रन बनाएको थियो ।

नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमै १ विकेटको क्षतिमा भेट्टायो । पाकिस्तानको जितमा गुल फेरोजाले ५७ रन बनाउँदा मुनिबा अली ४६ रनसहित नटआउट रहिन् ।

पहिलो खेलमा जित हासिल गरेको नेपाल आइतबारको खेलमा जित दर्ता गरेमा सेमिफाइनलमा स्थान पक्का हुने थियो । तर हार बेहोरेपछि नेपालको सम्भावना न्यून भएको छ । १-१ खेल बाँकी रहँदा नेपाल र पाकिस्तानको समान २-२ अंक छ । भारतले २ खेल जितिसकेको छ । युएईले २ खेलमा हार बेहोरेको छ ।

समूह चरणको अन्तिम खेलमा पाकिस्तानले युएई र नेपालले भारतको सामना गर्नेछ । सो दुई खेलको नतिजाले समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्ने टोलीको निर्धारण गर्नेछ । भारतको भने अन्तिम चारमा प्रवेश गर्ने सम्भावना उच्च रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चिलीमाथि अर्जेन्टिनाको सहज जित

काठमाडौं । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत अर्जेन्टिनाले चिलीलाई पराजित गरेको छ । शुक्रबार बिहान …

प्रतिकृया दिनुहॊस