धमाधम घर फर्कँदै नेपाली विद्यार्थी, ८ सयले छाडे बंगलादेश

काठमाडौं । बंगलादेशमा विद्यार्थी आन्दोलन हिंसात्मक बनेपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किन थालेका छन् । शनिबारसम्म सरकारी जागिरमा लागु भएको कोटा विरोधी आन्दोलनबाट असर परेका ८ सय नेपालीले बंगलादेश छाडेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार शनिबार स्थल तथा हवाई माध्यम हुँदै ती विद्यार्थीले बंगलादेश छाडेका हुन् । उनीहरुले नेपाल प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुलाई नेपाली राजदूतावासले सहजिकरण गरेको थियो ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आकस्मिक सूचना जारी गर्दै समस्यामा परेका विद्यार्थीले अनलाइन आवेदन दिन आग्रह गरेकी छिन्। ‘बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा पर्नुभएका नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि यस मन्त्रालयले स्थापना गरेको देहायबमोजिमको लिंकमा अनलाइन निवेदन दिनुहुन अनुरोध छ,’ उनले भनेकी छिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुग्ध विकास संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिने निर्णय

काठमाडौँ । सरकारले दुग्ध विकास संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस