महिला एसिया कप : नेपाल र युएईबीच प्रतिस्पर्धा आज

काठमाडौं । एसिसि महिला एसिया कप २०२४ को उद्घाटन खेलमा आज नेपालले युएईको सामना गर्दैछ । खेल श्रीलंकास्थित दाम्बुला क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

तयारीका लागि नेपाली टोली दुई साताअघि नै श्रीलंका पुगेको थियो । तयारीका लागि नेपालले श्रीलंका विकास टोलीविरुद्ध तीन खेल खेलेको थियो जसमध्य पहिलो दुई खेलमा हार बेहोरेको थियो भने अन्तिम खेलमा जित हासिल गर्‍यो । आज युएई हराउँदै नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने दाउमा छ ।

नेपालको यो तेस्रो एसिया कप सहभागिता हो । यसअघि नेपालले २०१२ र २०१६ मा महिला एसिया कप खेलेको थियो । दुवै पटक नेपालले सबै खेलमा हार बेहोरेको थियो । समूह ए’मा रहेको नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ मा खेल्नेछ भने भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।

समूह चरणबाट दुई/दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल भिडन्त हुनेछ ।

नेपाली टोली: इन्दु वर्मा (कप्तान), रुविना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई, राजमती ऐरी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनपीएलको उद्घाटन खेलका सबै टिकट अगाडि नै बिक्री

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलका सबै टिकट बिक्री भएका …

प्रतिकृया दिनुहॊस