काठमाडौं । सभामुख देवराज घिमिरेले संसदका आगामी कार्यक्रमबारे संसदका राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । बिहीवार सभामुख घिमिरेले संसदमा सहभागी राजनीतिक दलहरुका प्रमुख सचेतकहरुसँग संसदका आगामी कार्यक्रमबारे छलफल गरेका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते संसदमा विश्वासको मत लिने र त्यसलाई व्यवस्थित बनाउनेबारे छलफल भएको सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले बताए । उनकाअनुसार सभामुख घिमिरेले प्रमुख सचेतकहरुसँग १५ गतेसम्म ६,७ र ८ गते संसद चलाउने, ९,१० र ११ गते समितिको बैठक चलाउने र १३, १४ र १५ गते पुनः संसद सञ्चालन गर्नेगरी १५ दिने कार्यतालिका बनानएको बताए ।
उनले समितिमा विचाराधिन विधेयकमा घनीभुत छलफल चलाएर चाँडो भन्दा चाँडो विधेयक संसदमा पठाउने, समितिका खालि सदस्य छिटै पूर्ति गर्ने र संयुक्त समितिमा सदस्य र सभापति पनि छिटै चयन गर्नेगरी सभामुख घिमिरेले छलफल अघि बढाउनुभएको जानकारी दिए ।
यता प्रमुख प्रतपिक्ष दल नेकपा ९माओवादी केन्द्र० का प्रमुख सचेतक हितराज पाण्डेले सभामुख घिमिरेले संसदको कार्यतालिकाका बारेमा छलफल गरेको बताए । उनले ६ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने, ७ गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर हुनेगरी कार्यतालिका बनाउने बारेमा छलफल भएको बताए । शुक्रबार कार्य व्यवस्था समितिको बैठक बसेर कार्यतालिका टुंग्याउने उनको भनाई छ ।
प्रतिकृया दिनुहॊस