मिलन खलिङको ‘दिलै यो जलाई’ सार्वजनिक (भिडियाेसहित)

काठमाडाैं । डेब्यु गायक मिलन खलिङ राईको स्वर रहेको नयाँ गीत ‘दिलै यो जलाई’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा पुष्प अधिकारी ‘एन्जल’को शब्द तथा दीपेन्द्र थिङको संगीत सुन्न सकिन्छ। गीतको एरेन्ज सुमन केसीले गरेका छन् ।

शान थापाको निर्देशनमा तयार भएको यस भिडियोमा पल शाह र एलिशा राई फिचरिङ छन् । रजिव समरको कोरियोग्राफी रहेको भिडियोमा पल र एलिशाको विछोडको पीडालाई देखाइएको छ ।

महेन्द्र खलिङ राईको प्रस्तुतिमा निर्माण भएको भिडियोमा वुद्ध थापाको छायांकन रहेको छ । अर्जुन तिवारीको डिओपी रहेको भिडियोलाई सुप्रिम पराजुलीको सम्पादन गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यस्तो छ चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकअप’

काठमाडौँ । नेपाली चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकप’ सार्वजनिक भएको छ । आगामी असोज …

प्रतिकृया दिनुहॊस