घटनाको तेस्रो दिन आज गृह सचिवसहितका टोली त्रिशूली जाँदै

काठमाडौं । त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र तिनमा सवार यात्रुको खोजी कार्य पुनः आज बिहानबाट सुरु भएको छ । शनिकार अबेर रोकिएको खोजी कार्य बिहान ७ बजेबाट पुनः सुरु गरिएको हो ।

शुरूकै दिनदेखि प्रहरीलगायत सुरक्षा निकायले बस तथा यात्रुको खोजी गरिरहेको छ तर अँध्यारो भएकाले शनिवार साँझदेखि खोजी कार्य रोकिएको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज गृहसचिवसहितका सुरक्षा निकाय प्रमुखहरूले घटनास्थलको निरीक्षण गर्ने कार्यक्रम छ ।

यसैबीच नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिराेले बगाएर बेपत्ता भएका बसका यात्रीमध्ये तीन जनाको शव भेटिएको छ । शनिवार तीनवटा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । जसमध्ये दुई जनाको पहिचान खुलेको छ ।

पहिचान खुल्नेमा सर्लाही बरहथवा नगरपालिका-३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साह रहेका छन् । साहको शव शनिवार बिहान ११ बजे र माझीको शव साँझ भेटिएको हो । माझीका बुबा रवीन्द्रकिशोर माझी र साहका दाजुले सनाखत गरेको प्रहरी जनाएको छ ।

काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश०३-००१ख २४९५ नम्बरको बसमा सवार रहेका दुवैजनाको शव नारायणी नदीको गाँजीपुर र नवलपुर क्षेत्रमा भेटिएको हो । ती शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

शुक्रवार काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश०३-००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds