चौथोपटक प्रधानमन्त्री बन्दै ओली, भोलि शपथग्रहण त्यसपछि मन्त्रीमण्डल गठन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि एमाले अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आज साँझ ५ बजेसम्मको समय दिएर प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए ।

राष्ट्रपतिको आह्वानलगत्तै कांग्रेसको समर्थनमा ओलीले दाबी प्रस्तुत गरेका थिए । ‘सम्माननीय राष्ट्रपतिज्यूले सरकार गठन गर्न आह्वान गरेको समयसीमा सकिएपछि नै प्रधानमन्त्रीमा नियुक्त र शपथको प्रक्रिया अगाडि बढ्छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

ओलीलाई आज प्रधानमन्त्रीमा नियुक्त गरिए पनि शपथ भने सोमबार हुने जनाइएको छ । त्यसक्रममा उनले केही मन्त्रीलाई पनि शपथ गराउने तयारी थालेका छन् ।

यसअघि अध्यक्ष ओली २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भइसकेका छन् । लोकतन्त्र प्राप्तिको सङ्घर्षमा लागेका उनी लामो समय निरङ्कुश पञ्चायती शासन व्यवस्थामा कारबास भोगका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जनताले लामो समयसम्म भोगेको निरंकुशता आजको पुस्ताले पनि बिर्सनु हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौं लामो संघर्ष र सयौंको बलिदानले स्थापित गरेको संविधानले …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds