प्रधानमन्त्री प्रचण्डले आजै बालुवाटार छाड्ने

काठमाडौं । प्रधानमन्त्री बन्नुअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्दै आएको खुमलटारस्थित निवासको सरसफाइ सुरु गरिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमसँगै प्रधानमन्त्री प्रचण्डले सरकार नेतृत्वको समर्थन गुमाइसकेको र विश्वासको मत पनि पाउन नसक्ने अवस्था देखिएसँगै खुमलटारस्थित निवास सरसफाइ सुरु गरिएको हो ।

१८ महिना अघि प्रधानमन्त्री बनेसँगै सपरिवार बालुवाटार सरेपछि खाली रहेको खुमलटारस्थित निवास खाली नै रहेको अवस्थामा प्रचण्ड बालुवाटारबाट बाहिरिनु पर्ने घटनाक्रम विकास भएसँगै सरसफाइ गरिएको छ । उनी आज संसद्‌बाट सिधै पार्टी कार्यालय पेसिरडाँडा पुगेर निजी निवास खुमलटार जाने भएका हुन् ।

बिहान प्रतिनिधिसभाबाट विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल भएपछि संसद् भवनबाट सिधै पार्टी कार्यालय जान लागिएको माओवादीका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । प्रचण्डलाई केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे नेता तथा कार्यकर्ताले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइतबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । आइतबार रातो …

प्रतिकृया दिनुहॊस