Samsungको आधिकारिक सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्स, सूर्यविनायकमा सुरु

काठमाडौं । नेपाल अधिराज्य भरी १४ वटा  Samsung का सेवा केन्द्रहरु भएको, IMS केयरले आफ्नो १५ औं सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्स, दोश्रो तल्ला सूर्यविनायक, भक्तपुरमा सुरु गरेको छ ।सो सेवा केन्द्रको उद्घाटन IMS  ग्रुपका अध्यक्ष दिपक मल्होत्रा,  Samsung Electronics का कार्यकारी निर्देशक युबियम वोन, IMS ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्रा र Samsung Electronics का जुङ्सिक (बबि) योले गरे ।

कार्यक्रममा बोल्दै  IMS  ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले भने  “हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै  Samsung स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु हो”  ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस