११ महिनामा भित्रियो १३ खर्ब २७ अर्ब रेमिट्यान्स

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/ ०८१ को ११ महिनामा नेपालमा भित्रने रेमिट्यान्स १९.३ प्रतिशतले बढेको छ । चालूआवको जेठ मसान्तसम्म १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स २२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १३.० प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५९ हजार ४१५ र २ लाख ६० हजार २६२ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई १४ खर्ब ४३ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि डेढ लाख नजिक पुग्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । बुधबार छापावाला सुन १ …

प्रतिकृया दिनुहॊस