तालको पानी बस्तीमा पस्दा फसेका ४ जनाको सशस्त्रले गर्‍यो सकुशल उद्धार

काठमाडौं । कास्कीमा तालको पानी बस्तीमा पस्दा डुबानमा परेका ४ जनाको सकुशल गरिएको छ।

कास्कीको पोखरा महानगरपालिका–२७ स्थित दिपांग तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुबेर फसेका एकै परिवारका ४ जनालाई बुधबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो।

गुल्मी घर भई हाल पोखरा बस्दै आएका ५४ वर्षीय रामबहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीया आयुष्का अधिकारी वर्षाको कारण पानीको सतह बढेर घर पस्दा फसेका थिए ।

घटनाबारे जानकारी पाएपश्चात कास्कीको सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गणबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘नो केबलकार समूह’ द्वारा थप आन्दोलन कार्यक्रमको घोषणा

काठमाडौँ । ‘नो केबलकार समूह’ द्वारा पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध थप आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । उनीहरुले नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहॊस