सांकेतिक तस्बिर

काठमाडौंको बौद्धमा गुडिरहेको बसको इन्जिन पड्कियो

काठमाडौं । बौद्धमा गुडिरहेको बसको इन्जिन पड्किएर एकजना घाइते भएका छन् । आज बिहान बौद्ध पिपलबोटस्थित सडक खण्डमा बसको इन्जिन पड्किएको हो ।

प्र.३-०१-००५ख ९८६६ नम्बरको बसको एक्कासि इन्जिन पड्किँदा बसमा सवार दोलखा घर भई काठमाडौंको माकलबारी बस्ने ५४ वर्षीय दावा लामा घाइते भएका प्रहरीले जनाएको छ । उनको अर्थपेटिक अस्पताल नारायणटारमा उपचार भइरहेको छ । लामाको दाहिने खुट्टामा गहिरो चोट लागेको छ ।

बस हाल बौद्ध ट्राफिकको नियन्त्रणमा रहेको र प्रहरीद्वारा घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आजको पञ्चाङ्ग   वि.सं. असोज ०१, २०८१ । ई.सं. 17 Sep, 2024 । शक संवत् १९४६ …

प्रतिकृया दिनुहॊस