नेशनल लाइफ इन्स्योरेन्सको अवार्ड कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल अवार्डअन्तर्गत ‘नेशनल रत्न’ छनोट भएका अभिकर्ताहरूलाई सम्मान गरेको छ । नेपालगञ्जको सोल्टी वेस्टेन्ड होटेल र महेन्द्रनगरको ओपेरा होटेलमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरेको ओ । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको उपस्थितिमा उक्त कार्यक्रम आयोजना भएको हो ।

सम्मान कार्यक्रममा कम्पनीका प्रबन्धक विवेक शर्माले उपस्थित अभिकर्तालाई आ–आफ्नो लक्ष्य पूरा गर्ने अन्तिम अवसर भएको बताए । अबको समयमा टिम लिडर अभिकर्ताहरु विशेष चनाखो भई आफ्नो र आफ्नो मातहातको अभिकर्ताको लक्ष्य प्राप्तिमा विशेष जोड दिन आग्रह गरे ।

समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरे । खत्रीले नेपालको बिमा बजारमा बिमितहरूलाई सबैभन्दा बढी बोनस प्रदान गर्दै आएको कम्पनीले पुनः आफ्नो बोनस दरलाई सबैजनाको प्रयासबाट यथावत् राख्न सफल भएकोमा अभिकर्ता समूहलाई धन्यवाद दिए ।

उनले नेशनल रत्नमा छनोट हुने अभिकर्ताहरूलाई प्रदेशस्तरीय रूपमा सम्मान कार्यक्रम गर्दै आएको छ । कम्पनीको योजनाअनुसार नेपालगञ्जमा लुम्बिनी र कर्णाली प्रदेशका अभिकर्ताहरूलाई र महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशका अभिकर्तालाई सम्मान गरिएको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बागलुङमा पहिरो : ६ बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौं । सोमबार रातिदेखिको भारी वर्षासँगै गएको पहिरोमा परी बागलुङको बडिगाडमा ६ बालबालिकासहित आठ जनाको …

प्रतिकृया दिनुहॊस