मिसेस् ब्यूटी क्वीन नेपाल २०२४ अडिसन सम्पन्न (फोटो फिचरसहित)

काठमाडौं । विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताको आयोजना गर्दै आएको सिजन मिडियाले मिस मिसेस ब्युटी क्वीन नेपाल २०२४ सातौं संस्करणका लागि दोस्रो अडिसन सम्पन्न भएको छ । उक्त अडिसनबाट १५ जना छनोट गरिएको छ ।

उपत्यकालगायत मोफसलका विभिन्न ठाउबाट काठमाडौँ आएका १९ वर्षदेखि ५० वर्षसम्मका विवाहित महिलाहरुलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताईन् ।

उनले विवाहित महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि साथै उनीहरूको आन्तरिक क्षमता उजागर गर्न कार्यक्रम गर्न लागिएको बताईन् । उक्त प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा साउनको अन्तिम साता काठमाडौँमा हुनेछ । उक्त प्रतियोगितामा सहभागीताका लागि आवेदन फारम पनि खुल्ला गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आश्मा केसी बनिन् मिस नेपाल-२०२४

काठमाडौं । सन् २०२४ को मिस नेपाल आश्माकुमारी केसीले जितेकी छन्। शनिबार काठमाडौंमा सम्पन्न प्रतियोगितामा …

प्रतिकृया दिनुहॊस