सामान्य पेट दुखेर अस्पताल भर्ना भएकी हेल्थ असिस्टेन्ट लक्ष्मी फर्किनन् घर

काठमाडौं । कैलालीको धनगढीमा एक २२ वर्षीया युवतीको उपचारको क्रममा मृत्यु भएको छ । निसर्ग अस्पतालमा उपचारको क्रममा धनगढी उपमहानगरपालिका-१ शिवनगरकी २२ वर्षीया लक्ष्मी जोशीको सोमबार राति मृत्यु भएको हो ।

पेट दुखेर राति अस्पताल भर्ना भएकी लक्ष्मीको उपचारको क्रममा मृत्यु भएको हो । मृतकका आफन्त नन्दराज जोशीका अनुसार लक्ष्मी हेल्थ असिस्टेन्ट (एचए)को ओजेटीका क्रममा धनगढीकै नवजीवन अस्पतालमा कार्यरत थिइन् । ‘ड्युटीबाट फर्केपछि उनको पेट दुख्न थालेछ । त्यसपछि उनीलाई नजिकै रहेको निसर्ग अस्पतालमा लगिएको थियो । त्यहाँ चेकजाँच भएपछि केही औषधी दिएर साँझ ८ बजे घर फर्काइएको थियो । तर दुखाई कम नभएपछि उनीलाई पुनः अस्पतालमा लगिएको थियो’ उनले भने ।

थप उपचारका लागि अस्पताल पुगेपछि उनलाई भर्ना गरेर दुखाई कम गर्ने विभिन्न औषधी दिइएको उनको भनाई । तर लक्ष्मी र सँगै रहेकी आमाले त्यसरी लगातार दुखाईको ‘हाइ डोज’ औषधी थप्दै गर्दा इन्कार गरेतापनि अस्पतालले मानेको थिएन । नर्ससमेत रहेकी आमाको भनाई उद्धृत गर्दै नन्द जोशी भन्छन्, ‘उनले पीडा कम नभएको । निकाल्दिनु भन्दा पनि त्यहाँ रहेका कर्मचारीले मानेनन् । अचानक उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि चिकित्सकलाई बोलाइएको थियो । पछि चिकित्सकले लक्ष्मीलाई मृत घोषणा गरेका थिए ।’

यसैबीच डाक्टर ओमप्रकाश भट्टलाई कारबाही गर्ने सहमति भएको छ । डाक्टर भट्टलाई निर्सग अस्पतालबाट बर्खास्त गर्ने, मेडिकल काउन्सिलमा कारबाही सिफारिसको लागि पत्र पठाउने र डाक्टरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने सहमति भएको हो ।

भट्टले गलत औषधी प्रयोग गर्दा बिरामीको मृत्यु भएको बताइन्छ । डाक्टरको लापरबाहीले गर्दा नै बिरामीको मृत्यु भएको भन्दै आफन्तले मंगलबार दिनभर अस्पतालमा आन्दोलन गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कैलाली कारागारभित्र एक कैदीकाे मृत्यु

काठमाडौं । कैलाली कारागारमा एक कैदीको मृत्यु भएको छ । हाडनाता करणी मुद्दामा कारागार चलान …

प्रतिकृया दिनुहॊस