रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, के गर्ला निर्णय ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बिहान ८ बजेपछि बस्ने गरी बोलाइएको हो ।

बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनकाअनुसार पार्टीको अनुशासन आयोगले डा. ढकालमाथिको अनुशासनात्मक कारबाहीको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको छ ।

त्यसबारे आइतबार बसेको सचिवालय बैठकमा प्रारम्भिक छलफल भएको थियो । गत असार १९ गते बसेको केन्द्रीय कमिटीको बैठकले ढकाललाई पार्टी महामन्त्रीबाट सात दिनका लागि निलम्बन गरेको थियो । कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई र प्रवक्ताको जिम्मेवारी मनीष झालाई दिएको छ ।

बैठकले ढकाललाई केन्द्रीय सदस्यको भूमिका मात्रै दिएर महामन्त्रीको जिम्मेवारी अरूलाई नै दिने सम्भावना छ । बैठकमा अरू समसायिक विषयमा पनि छलफल हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds