अब वाइवाइको उत्पादन कजाकस्तानमा पनि

काठमाडौं । वाइवाइ चाउचाउ कजाकस्तानमा पनि उत्पादन हुने भएको छ । नेपाल, भातर र युरोपसम्म विस्तार भएको वाइवाइ उत्पादक चौधरी ग्रुपले कजाकस्तानमा पनि प्लान्ट खरिद गरेपछि त्यहाँबाट पनि उत्पादन हुने भएको छ ।

ग्रुपको बहुराष्ट्रिय कम्पनी सिजी कर्पले १ करोड ५० लाख अमेरिकी डलरमा प्लान्ट खरिद गरेको छ । योसँगै वाइवाइ उत्पादन हुने प्लान्ट विश्वभर १८ वटा पुगेका छन्। नेपाल र भारत र सर्वीयामा रहेको वाइवाइ अव मध्य एसियाली बजारमा पनि प्रवेस गरेको हो ।

हाल विश्वभर वर्षमा २ अर्ब २० करोड बिक्री भइरहेको वाइवाइले विश्व तयारी चाउचाउ बजारको २.२ प्रतिशत हिस्सा ओगटेको छ । नेपालमा ६ र भारतमा आठ प्लान्टमार्फत उत्पादन भइरहेको वाइवाइले भारतीय तयारी चाउचाउ बजारमा २७ प्रतिशत हिस्सा ओगटेको छ । बंगलादेश, केन्या र साउदी अरेवियामा पनि वाइवाइका प्लान्ट स्थापना गर्ने तयारीमा चौधरी ग्रुप रहेको छ ।

नेपालका यी एकमात्र ‘फोर्ब्स’ सूचीकृत अर्बपति विनोद चौधरीले विसं २०४१ सालमा थाइल्यान्डबाट वाइवाइ भित्र्याएका हुन् । त्यतिबेलै उनले यसको अन्तर्राष्ट्रिय ब्रान्ड अधिकार पनि आफूसँगै ल्याएका थि ए। यो तीन दशक अवधिमा ललितपुरको भैंसेपाटीबाट सुरु भएको वाइवाइ नवलपरासीको उद्योग ग्राम हुँदै बर्दियासम्म फैलिएको छ ।

सन् २०२० भित्र एसिया, युरोप, ल्याटिन अमेरिका र अफ्रिकाका १० वटा देशमा वाइवाइ उत्पादन सुरु गर्ने योजना बनाएको ग्रुपले अन्य देशमा पनि उत्पादन सुरु गर्ने योजना बनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि ओरालो लाग्यो शेयर बजार

काठमाडौं । साताको चौथो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से १४.१२ अंकले घटेको छ । …

प्रतिकृया दिनुहॊस