एनआईसी एशिया बैंकको सहकार्यमा वित्तीय साक्षरता

काठमाडौं । नेपाल बैंकर्स संघको आयोजना तथा एनआईसी एशिया बैंकको सहकार्यमा तेह्रथुमको म्याग्लुङ्ग बजारमा ‘वित्तीय साक्षरता तथा सहुलियत कर्जा’ सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

खास गरी बैंकले प्रदान गर्ने कर्जामा सम्पूर्ण नेपाली नागरिकको सहज पहुँच स्थापित गराउन कार्यक्रम आयोजना गरिएको एनआइसी एसियाले जनाएको छ । यस्ता कार्यक्रमले उत्पादकत्व अभिवृद्धि गर्दै गरिबीको रेखामुनी रहेकाको जीवनस्तर उकास्न टेवा पुग्ने बैंकको भनाइ छ ।

‘शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशिल, दलित समुदाय व्यबसाय बिकास, प्राबिधिक तथा व्यावसायीक शिक्षा, भूकम्प पीडितहरुको निजी आवास निर्माण एवम् ब्यावसायिक कृषि तथा पशुपंक्षीको लागि प्रदान गरिने कर्जाहरुमा तोकिएको ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि लागू भएको सन्दर्भमा कार्यक्रमले सघाउ पुग्ने बैंकको दावी छ ।

कार्यक्रममा कर्जा उपयोग गर्ने तेज बहादुर बस्नेत, बिष्णु प्रसाद सुबेदी र नरेन्द्र कुमार सुब्बालाई प्रमुख अतिथि वरिष्ठ डेपुटी गर्भनर चिन्तामणी सिवाकोटी तथा बिशेष अतिथी नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले कर्जा सुविधा प्रस्ताव पत्र हस्तान्तरण गरे । उक्त कार्यक्रममा म्याग्लुङ्ग बजारमा स्थापित कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक तथा जनता बैंकका शाखा कार्यलयहरुबाट समेत ग्राहकलाई कर्जा सुबिधा प्रस्ताव हस्तान्तरण गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस