ब्राजिलले कोपा अमेरिकाको पहिलो खेलमै अंक बाँड्यो

काठमाडौं । उपाधि दाबेदार ब्राजिलले कोपा अमेरिका-२०२४ मा निराशाजनक सुरुवात गरेको छ । अमेरिकाको लस एन्जेलसस्थित सोफाइ रंगशालामा सम्पन्न आफ्नो पहिलो खेलमा कोस्टारिकासँग बराबरी खेलेको हो ।

खेल गोलरहित बराबरीमा टुङ्गिँदा दुवै टोलीले १-१ अंक बाँडेका छन् । ब्राजिलले खेलमा एकपक्षीय आक्रमण गरेपनि गोल भने गर्न सकेन । ब्राजिलले पहिलो हाफमा मार्किन्हसको प्रयासमा बललाई पोस्टभित्र पठाएपनि रेफ्रीले भीएआरको सहयोग लिँदै गोललाई मान्यता दिएनन् । त्यसपछि ब्राजिलले लगातार आक्रमण बुनेपनि गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भएको हो ।

त्यसअघि सम्पन्न समूह डी’कै खेलमा कोलोम्बियाले पाराग्वेलाई २-१ ले पराजित गरेको छ । यस समूहमा कोलोम्बियाको ३ अंक भएको छ । ब्राजिल र कोस्टारिकाको १/१ अंक तथा पाराग्वे विना अंक पुछारमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इंग्ल्यान्डलाई हराउँदै भारत टी-२० विश्वकपको फाइनलमा

काठमाडौँ । भारत टी- २० विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा इङल्याण्डलाई ६८ …

प्रतिकृया दिनुहॊस