बैंकको खराब कर्जा बढ्नुमा आर्थिक शिथिलता मुख्य कारण : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले बैंकको खराब कर्जा बढनुमा आर्थिक शिथिलता मूख्य कारण रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कर्जा बृद्धि नहुँदा पनि खराब कर्जा बढेको बताए । गभर्नर अधिकारीले मोनिटरिङ र रिफर्मको कारणले पनि सहि तथ्यांक बाहिर आउदा खराब कर्जा बढेको उनले बताए । साना व्यवसाय र निर्माण छेत्रमा बढी खराब कर्जा रहेको उनलेको भनाई छ ।

देशको अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताउँदै उनले सो क्षेत्रमा सुधार नआउँदासम्म बैंकिङ क्षेत्रको खराब कर्जा र समग्र अर्थतन्त्रमा पनि सुधार हुन कठिनाई हुने बताए । समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि दक्ष जनशक्तिसहितको संस्था आवश्यक रहेको उनको बुझाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट ३ अर्ब ३३ करोड ऋण लिने, यी क्षेत्रमा परिचालन गरिने

काठमाडौँ । ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर (करिब ३ अर्ब ३३ करोड …

प्रतिकृया दिनुहॊस