प्रेमीकाले धोका दिएपछि जवानले भिडिओ कलमै आफैलाई हानेका थिए गोली

काठमाडौं । सङ्घीय संसद् भवनको सुरक्षामा खटिएका प्रहरी जवान अजित गोलेले आफैँलाई गोली हानेर आत्महत्या गरे ।

संसद् भवनको गेटमा खटिएका २२ वर्षीय प्रहरी जवान अजितले शौचालयभित्र गएर आफैँमाथि गोली प्रहार गरेका थिए । गोलेले प्रेमिकासँगको सम्बन्धमा खटपट आएपछि आफैलाई गोली हालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका गोलेको ५ महिना अघि इन्गेजमेन्ट भएको थियो । त्यसपछि उनले आफ्नै खर्चमा प्रेमीकालाई रोजगारीका लागि दुबई पठाएका थिए । तर, प्रेमीका दुबई पुगेर गोलेलाई वास्ता गर्न छाडेपछि उनी तनावमा थिए ।

उनले पटक पटकको कुराकानीमा प्रेमीकालाई मर्छु भन्दै मेसेज गर्ने गरेका थिए । प्रहरीका एक अधिकारीका अनुसार, आज बिहान पनि मेसेजमा उनीहरूबिच झगडा भएको थियो । त्यसपछि उनले शौचालयमा गएर प्रेमिकासँग कुरा गरेको देखिएको प्रहरीले जनाएको छ ।

‘गोलेको प्रेमिकासँग विवाद परिरहने रहेछ,’ ती प्रहरीले भने, ‘उनले प्रेमीकालाई मर्छु भन्दै मेसेज गर्ने गरेका रहेछन् । आज बिहान पनि मर्छु भन्दै मेसेज गरेको देखियो ।’

आज बिहान पनि मेसेजमा विवाद भएपछि शौचालयमा भिडिओ कल गरेको र भिडिओ कल गर्दागर्दै उनले आफैलाई गोली प्रहार गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

मृतक गोले नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई काठमाडौं उपत्यका प्रहरी कार्यालय सङ्घीय संसद सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds