राजेश हमाल ‘राठीकोल’को ब्रान्ड एम्बासडरमा अनुबन्ध

काठमाडौं । अभिनेता राजेश हमाल राठी ग्रुपको उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राठी ग्रुपका अध्यक्ष अरूणकुमार राठी र अभिनेता हमालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनमार्फत यसको प्रचार गर्ने कम्पनीले जनाएको छ । हमाललाई एम्बासडर नियुक्त गरेपछि राठी ग्रुपका अध्यक्ष अरूणकुमार राठीले ‘राठी’ ब्रान्डले चलचित्रमा हमालको उत्कृष्ट विरासतलाई सदैव सम्मान गर्ने बताए ।

उनले हमाललाई ब्रान्ड एम्बासडरको रूपमा स्वागत गर्दै यस सहकार्यले नेपाली चलचित्र र समाजको लागि ‘महानायक’को प्रतिबद्धता र ‘राठिकोल’को उत्कृष्टताको प्रतिबद्धतासँग उत्तम रूपमा मेल खाने विश्वास व्यक्त गरे ।

अभिनेता हमालले ‘राठीकोल’लाई ‘नेसनल प्राइड’को रूपमा सम्बोधन गर्दै नेपालमा यो गुणस्तरको उत्पादन हुनु सबै नेपालीको लागि गर्वको कुरा रहेको बताए ।

उनले कैयौँ विदेशी ब्रान्डहरूलाई जित्दै आफ्नो वर्चस्व कायम गर्न सफल रहेको बताउँदै यसको गुणस्तरको विश्वास लिएपछि मात्र एम्बासडर बन्न राजी भएको बताए । उनले भने, “निकै वर्ष पहिले ‘राठीकोल’को चाखलाग्दो विज्ञापन आउँदा नै मैले यो ब्रान्डबारे थाहा पाएको थिएँ, पछिसम्म मेरो मानसपटलमा यो रहिरहेको रहेछ ।”

राठीकोलका सीईओ योगेश राठीले हमालको चलचित्र यात्रा र राठीकोलको उत्पादनको यात्रा बराबर ३५ वर्ष रहेको उल्लेख गर्दै निरन्तर सहकार्यमा रहने बताए । १३० वर्ष पुरानो इतिहास रहेको राठी ग्रुपले स्विच, केबल, बल्ब, हार्डवेयर र राठीकोल उत्पादन गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस