युरोकपमा पोर्चुगलको विजयी सुरुवात, रोनाल्डोले रचे इतिहास

काठमाडौं । पोर्चुगलले युरोकपमा विजयी सुरुवात गरेको छ । गएराती सम्पन्न समूह एफ अन्तर्गतको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

१-० गोलले पछि परेको पोर्चुगलले खेलमा कम ब्याक गर्दै जित हासिल गरेको थियो । पोर्चुगलका लागि फ्रान्सिस्को कोन्सेइकाओले इन्जुरी समयमा निर्णायक गोल गर्दै जित दिलाएका थिए ।

यसअघि चेक रिपब्लिकका रोबिन ह्रानकले गरेको आत्मघाती गोलबाट खेल बराबरी भएको थियो । चेक रिपब्लिकले खेलको ६२औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । चेक रिपब्लिकका लागि लुकास प्रोभोडले गोल गरेका थिए ।

खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्न नसके पनि नयाँ कीर्तिमानी भने बनाए । उनी अब ६ वटा युरो कपमा सहभागी हुने पहिलो खेलाडी बनेका छन् । रोनाल्डोले लगातार छैटौँपटक युरोकप खेलिरहेका हुन् ।

यो जितपछि पोर्चुगलले तीन अंक जोडेको छ । ऊ अहिले समूह ‘डी’ तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट समान अंक रहेको टर्की शीर्ष स्थानमा रहेको छ । पराजित पराजित चेक रिपब्लिक तेस्रो तथा जर्जिया पुछारमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds