संसद्‌ बैठकमा आज मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार सिंह, प्रेम सुवाल र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै, विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची पनि रहेको सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय, र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री प्रचण्डलाई भेट्न विहानै बालुवाटार पुगे ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच …

प्रतिकृया दिनुहॊस