कांग्रेस सांसद चौधरी भन्छिन्- बजेट पुस्तिका च्यात्ने खालकै छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मंगलबार प्रतिनिधिसभाको रोष्टममा उभिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका थिए । यातायात मन्त्री रघुवीर महासेठले बजेट विनियोजनमा मनपरी गरेको भन्दै लिङदेनले बजेट पुस्तिका च्यातेका हुन् ।

लिङदेनले बजेट पुस्तिका च्यातेको विषयमा नेपाली कांग्रेसकी एक सांसद्ले पनि समर्थन जनाएकी छन् । कांग्रेसकी सांसद चन्दा चौधरीले मन्त्रीले आफ्नो क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको भन्दै बजेट पुस्तिका च्यातेको विषयमा समर्थन जनाएकी हुन् । ‘पीडा छ । यो चाहीँ नगरौं । संसदमा एउटा पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्देनले यो बुक च्यात्नु भयो । यो के राम्रो हो ? यो राम्रो होइन,’ सांसद चौधरीले भनिन्, ‘तर उहाँको पीडा छ च्यात्नु हुन्छ । च्यातेको म समर्थन गर्छु । किनभने यो च्यात्नु पर्छ । तर एक जनाले च्यातेपछि सबैले च्याते जस्तै भयो ।’

मन्त्रीहरू आफ्नो निर्वाचन क्षेत्रको लागि मात्रै मन्त्री बनेको हो ? भन्दै उनले प्रश्न गरिन् । ‘के यसले देशको विकास हुन्छ ?’ सांसद चौधरीले कर्णालीको पुलमा दुई लाख र जनकपुरको एउटा वडामा एक करोड ७१ लाख हालेको विषयमा पनि प्रश्न उठाइन् । ‘कर्णालीमा दुई लाख पुलमा । जनकपुरको वडामा चाहीँ एक करोड ७१ लाख रुपैयाँ सडक बनाउन,’ उनले भनिन्, ‘मधेस प्रदेशमै ८ वटा जिल्ला छ, के जनकपुर सबभन्दा पिछडिएको जिल्ला हो ? होइन ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गणतन्त्रपछि सबैभन्दा बढी सत्ताको स्वाद लिएको माओवादी ९ वर्षपछि प्रतिपक्षको बाटोमा

काठमाडौं । नेकपा माओवादी केन्द्र करिब ९ वर्षपछि प्रतिपक्षमा पुग्ने लगभग निश्चित छ । सोमबार …

प्रतिकृया दिनुहॊस