झापामा बस र टिपर ठोक्किँदा २१ जना घाइते, तीनको अवस्था गम्भीर

काठमाडौं । झापामा बस र टिपर एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । कमल गाउँपालिका–४ मा बस र टिपर एकापसमा ठोक्किँदा २१ यात्रु घाइते भएका हुन् ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत कमल–४ मा मंगलबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ३ ख २१६६ न. को टिपर र विपरीत दिशातर्फबाट जाँदै गरेको को १ ख ५०८७ न. को यात्रुबाहक बस एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी तथा प्रहरी प्रमुख मिलन केसी जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी बसमा सवार २१ जना यात्रु घाइते भएको र घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई उपचारका दमकस्थित दमक रिसर्च सेन्टर अस्पताल र लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ । अवस्था गम्भीर रहेकालाई दमकमा सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल र विराटनगरस्थित न्यूरो अस्पताल लगिएको प्रहरी प्रमुख केसीले बताए ।

बस चालक उदयपुरको त्रियुगा नगरपालिका–३ का ४५ वर्षीय अशोक बोट र टिपर चालक धनुषाको गणेशमान नगरपालिका–५ का ३४ वर्षीय शेरबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आजसम्म राजीनामा दिन प्रचण्डलाई एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले आजसम्म राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ। हिजोे …

प्रतिकृया दिनुहॊस