रमेश लेखकको प्रश्न- प्रधानमन्त्री संसद्‌मा आउन डराउनुभएको हो ?

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेश भ्रमणबारे संसद्लाई जानकारी गराउन माग गरेको छ । प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो माग गरेका हुन् ।

प्रधानमन्त्री भारत भ्रमण गरेर फर्किएको पाँच दिन हुँदा पनि संसदमा उपस्थित भएर जानकारी नगराएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दै नेतामाथि गम्भीर आरोप लगाएको विषयमा आफूहरूले जवाफ माग गरेको तर प्रधानमन्त्री संसदमा नै नआएको उनको आरोप छ ।

प्रधानमन्त्री डराएर संसदमा नआएको हो ? भन्दै नेता लेखकले प्रश्न गरे । उनले सरकारले संसद्को अपमान गरेको बताउँदै संसद चलिरहेको बेला सरकार प्रमुख, राष्ट्रप्रमुख विदेश जाँदा संसद्लाई जानकारी गराउनुपर्ने स्मरण गराए । प्रधानमन्त्री भारत गएको र राष्ट्रपति विदेश गएको विषय आफूहरूले पत्रिका पढेर थाहा पाउनु दुर्भाग्य भएको उनको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डेनमार्ककी प्रधानमन्त्रीमाथि बीचसडकमै आक्रमण

काठमाडौं । डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि आक्रमण भएको छ । बीबीसीकाअनुसार उनीमाथि कोपेनहेगनको बीचसडकमै आक्रमण …

प्रतिकृया दिनुहॊस