बिजनेस ईन्टरेष्ट ग्रुपले आईपीओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा नेपाल एसबिआई र सनलाइफ क्यापिटल

काठमाडौं । बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई जारी गर्न लागेको ४५ लाख कित्ता साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य १०० रुपैयाँका दरले कुल ४५ करोड रुपैयाँमात्रको प्रत्याभुति नेपाल एसबिआई मर्चेण्ट बैंकिङ र सनलाइफ क्यापिटल लिमिटेडले गर्ने भएको छ ।

बुधबार एक कार्यक्रमकाबीच नेपाल एसबिआई मर्चेण्ट, सनलाइफ क्यापिटल र बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडबीच शेयर प्रत्याभुति गर्ने सम्झौतामा त्रिपक्षीय हस्ताक्षर भएको हो ।

नेपाल एसबिआई मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, सनलाइफ क्यापिटलका सञ्चालक राजकुमार अर्याल तथा बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिजका अध्यक्ष नवराज बुर्लाकोटीले शेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा त्रिपक्षीय हस्ताक्षर गरेका हुन् ।

कम्पनीले कृषि एवम् खाद्य सामाग्री उत्पादन, व्यापार तथा वितरण, सामुदायिक खेती, होटल तथा पर्यटन, कृषि, शिक्षा र स्वच्छ उर्जा लगायत विविध क्षेत्रमा आफ्नो व्यावसायिक गतिविधि सञ्चालन गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

क्लासिक टेकको भुक्तानी सेल पे वालेटबाट गर्दा बुलेट बाइक जित्न सकिने

काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकको भुक्तानी सेल पे वालेटमार्फत गर्दा विभिन्न उपहार …

प्रतिकृया दिनुहॊस