टी-२० वरीयतामा नेपाललाई अमेरिकाले उछिन्यो

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ टी-२० वरीयतामा नेपाल एक स्थान खस्किएको छ । अमेरिका र वेस्ट इण्डिजमा जारी विश्वकपमा नेदरल्याण्ड्ससँग पराजित भएपछि नेपाल १७औँबाट १८औँ स्थानमा झरेको हो ।

नेपाल एक वरीयता खस्कँदा अमेरिका १७औँ स्थानमा उक्लिएको छ । जारी विश्वकपमा पाकिस्तान र क्यानडालाई हराएपछि अमेरिकाले वरीयतामा पनि सुधार गरेको हो । टी-२० वरीयताको शीर्ष स्थानमा भारत कायमै छ ।

टिमको वरीयता खस्किए पनि नेपाली टिमका स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरीले टी-२० अलराउन्डतर्फको वरीयतामा एक स्थान सुधार गरेका छन् । योसँगै उनी नवौँ स्थानमा उक्लिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनपीएलमा रोहित र सन्दीपसहित आठ मार्की खेलाडी घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का आठ …

प्रतिकृया दिनुहॊस