टी-२० विश्वकप : वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द, दुवै टिमले अंक बाँडे

काठमाडौं । आइसिसी टी-२० विश्वकपको समूह ‘डी’ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण मैदान भिजेका कारण यी दुई टिमबीचको खेल रद्द भएको हो ।

नेपाल र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार बिहान ५ः१५ देखि सुरु हुने पूर्वनिर्धारित तालिका थियो । तर, फेरि पानी पर्न थालेपछि टस नहुँदै खेल रद्द भएको हो ।

योसँगै दुवै टिमले एक/एक अंक बाँडे । खेल रद्द भएपछि श्रीलंकाको सुपर एट सम्भावना सकिएको छ । ऊ पहिलो र दोस्रो खेलमा क्रमशः दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भयो । श्रीलंकाले अन्तिम खेलमा नेदरल्याण्ड्ससँग खेल्ने तालिका छ । उक्त खेलमा जित निकाले पनि ऊ सुपर एटमा पुग्ने छैन ।

दोस्रो चरणमा पुग्ने नेपालको सम्भावना भने कायमै छ । नेपालले अब सुपर एटमा स्थान बनाउन बाँकी दुईवटै खेलमा जित निकाल्नुपर्नेछ । नेपालले अब १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनपीएलमा रोहित र सन्दीपसहित आठ मार्की खेलाडी घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का आठ …

प्रतिकृया दिनुहॊस