घर फोडेर करोड बढीको सामान चोर्ने दुई युवक पक्राउ

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-१७ घारी पाटनका स्थानीयको घरबाट एक करोडभन्दा बढीको धनमाल चोरी अभियोगमा पक्राउ परेका दुई जनालाई कास्की प्रहरीले सोमबार सार्वजनिक गरेको छ । पोखरा महानगरपालिका-२२ घर भई पोखरा १३ मियापाटन बस्ने वर्ष २१ का नवीन नेपाली र गोरखा घर भई पोखरा ४ गैह्रा पाटन बस्ने वर्ष २९ का सुवास थापामगरलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

नेपाली र थापालाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा आइतबार दिन सात म्याद थप गरी अनुसन्धान जारी रहेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । नेपाली र थापामगरले जेठ ११ गते घारिपाटनको पोखरा हाउजिङ नजिकै लक्ष्मीकान्त शर्मा र सोही घरमा डेरा गरी बस्ने कृष्णजी पौडेल समेतको घर र कोठाबाट सामान चोरी गरेको प्रहरीले जनाएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक श्रेष्ठले सुनका गरगहना ४२ तोला, मोबाइल, ल्याप्टप, क्यामेरा तथा अन्य सामान र नगद तीन लाख ८० गरी एक करोडभन्दा बढीका सरसामान चोरी भएको उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम समेतबाट विशेष अनुसन्धान टोली खटिई अनुसन्धान गर्दै जाँदा थापामगर र नेपालीको संलग्नता देखिएको प्रहरीको दाबी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घाँस काटेँ, गोबर सोहोरेँ तर पढ्न छोडिन : मुख्यसचिव गड्तौला

काठमाडौं – निजामती सेवाको उच्चतम पद मुख्यसचिवमा लीलादेवी गड्तौला बढुवा भएकी छन् । बढुवासँगै उनले मुख्यसचिव …

प्रतिकृया दिनुहॊस