सुरु भयो मनसुनको प्रभाव, कहाँको मौसम कस्तो ?

काठमाडौँ । अहिले देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको एक-दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रहरीका २८९ लेखापालको सरुवा, अब को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २८९ जना लेखापालहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको …

प्रतिकृया दिनुहॊस