नेशनल लाइफको ‘नेशनल रत्न अवार्ड’ कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले बुढानीलकण्ठ काठमाण्डौको होटल लेमन ट्रि प्रिमियरमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल बागमती प्रदेशका करिब ३५ जना अभिकर्ताहरूलाई सम्मान गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गरी शुभारम्भ गरेको सो समारोहमा सहभागी अभिकर्ताहरूलाई कम्पनीको उप प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेलले उत्प्रेरण तालिम प्रदान गर्दै कम्पनीले अभिकर्ताहरूको वृत्ति विकासका लागि ल्याउने हरेक योजनाहरूको छुट्टा छुट्टै महत्त्व हुने भएकोले यस्ता योजनाहरूमा छनौट हुनका लागि व्यावसायिक कार्यनीति बनाउनु पर्ने बताए ।

समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गर्दै प्रमुख कार्यकारी अधिकृतले कम्पनीका सबै संरचनाहरू उत्कृष्ट रहेको र कम्पनीमा बिमा गर्ने बीमितहरुलाई उच्च प्रतिफल दिन सफल हुनुमा अभिकर्ता सञ्जालको महत्वपूर्ण भूमिका रहने भएकोले अभिकर्ता सञ्जाललाई प्रविधि मैत्री एवं व्यावसायिक बनाउन थप लगानी गर्दै गइरहेको बताए ।

उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरूलाई प्रदेश स्तरीय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार काठमाण्डौमा बागमती प्रदेशका अभिकर्ताहरूबाट सम्मान गरिएको बताए । साथै उनले यस भन्दा अगाडी इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरुर्ला सम्मान गरिसेकेको र अन्य प्रदेशका बाँकी अभिकर्ताहरूलाई पनि छिट्टै नै सम्मान गरिने ब्यहोरा जानकारी गराए ।

कार्यक्रममा, प्रमुख कार्यकारी अधिकृत सहित उप प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेल, प्रबन्धक विवेक शर्मा, सहायक प्रबन्धक सुष्मिता राणा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा, बागमती प्रदेश प्रमुख द्धय जयराम धिताल, घनश्याम रिमाल लगायत विभिन्न शाखा कार्यालयहरूबाट शाखा प्रमुखहरूको समेत सहभागिता रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफको ‘सिटिजन बचत वृद्धि’ योजना सार्वजनिक

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सिटिजन बचत वृद्धि योजना ल्याएको छ । यो योजना युनिभर्सल जीवन …

प्रतिकृया दिनुहॊस