सामसङ ‘ग्यालेक्सी एम३५ फाइभजी’ नेपालमा, कति पर्छ मूल्य ?

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एम३५ फाइभजी बजारमा ल्याएको छ। फोनमा ६ हजार एमएएचको ब्याट्री छ जसले चार्ज लामो समयसम्म टिक्ने कम्पनीको दाबी छ। स्मार्टफोनले २५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। फोन किन्दा उक्त चार्जर निःशुल्क आउँछ।

ग्यालेक्सी एम३५ पावरफुल एक्जिनस १३८० प्रोसेसरबाट सञ्चालित छ। यसमा ८जीबीको ¥याम छ र २५६जीबीको इन्टरनल स्टोरेज माइक्रोएसडी स्लटमार्फत विस्तार गर्न सकिने कम्पनीले जनाएको छ।

वान यूआई ६.१ सँग नवीनतम एन्ड्रोइड १४ मा चल्ने फोनले सहज र प्रभावकारी प्रयोगकर्ता अनुभवको ग्यारेन्टी दिन्छ। सामसङले चार वर्षको ओएस अपडेट र पाँच वर्षको सेक्युरिटी प्याच दिने प्रतिबद्धता जनाएको छ। यसले मोबाइल अप–टु–डेट र सुरक्षित रहन्छ।

फोनमा ६.६ इन्च एफएचडी प्लस १२० एचजेटको सुपर अमोलेड डिस्प्ले छ। त्यस्तै भर्सटाइल क्यामरा सेटअप रहेको कम्पनीले जनाएको छ।

यसमा अप्टिकल इमेज स्टेबिलाइजेसन (ओआईएस), ८ मेगापिक्सलको अल्ट्रावाइड क्यामरा र २ मेगापिक्सलको म्याक्रो क्यामराका साथ ५० मेगापिक्सलको मुख्य क्यामरा छ। यसको अगाडि १३ मेगापिक्सलको क्यामरा छ।

यसका अतिरिक्त डलबी अटमस सपोर्ट, फिंगरप्रिन्ट रिडर, वाइफाइ ६ (एएक्स), ब्लुटुथ ५.३ र यूएसबी–सी (यूएसबी २.०)लाई सपोर्ट गर्छ। यसले २५ वाटको वायर्ड चार्जिङलाई पनि सपोर्ट गर्छ।

गाढा निलो, खैरो र हल्का निलो तीन मनमोहक रंगहरूमा यो फोन उपलब्ध छ। यसअनुसार ८ प्लस २५६जीबी भेरियन्टको मूल्य ४४ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

फोन नेपालका सबै सामसङका अधिकृत आउटलेटमा किस्तामा पनि किन्न सकिन्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता गरेमा विना धितो ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१ /०८२ मा श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता …

प्रतिकृया दिनुहॊस