महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडलाई

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’को तेस्रो संस्करणका विजेतालाई पुरस्कार प्रदान गरिएको छ ।

ललितपुरको इमाडोलस्थित बलपार्क स्पोर्ट्स इभेन्ट्स एन्ड एकेडेमीमा यही जेठ २२ देखि २४ गतेसम्म आयोजित उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जितेको थियो । आईसीएफसी फाइनान्स लिमिटेड उपविजेता भएको थियो ।

विजेता प्राइम कमर्सियल, उपविजेता आईसीएफसी, उत्कृष्ट फिल्डर प्राइम कमर्सियलका विवेक डाली, उत्कृष्ट विकेटकिपर माछापुच्छ्रे बैंकका निशेस केसी, उत्कृष्ट बलर एभरेस्ट बैंकका रोशन महत, उत्कृष्ट ब्याट्सम्यान एनएमबि बैंकका अनिल बर्तौला र उत्कृष्ट खेलाडी आईसीएफसी फाइनान्सका सुरज तिमिल्सिनालाई ट्रफी प्रदान गरिएको हो । प्रतियोगितामा १६ बैंक तथा वित्तीय संस्थाका टिमले सहभागिता जनाएका थिए ।

महालक्ष्मी विकास बैंकले ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज, विश्वसनीय र आधुनिक बैंकिङ सेवाको पहुँच ग्राहकमाझ पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन् । …

प्रतिकृया दिनुहॊस