काठमाडौं । कृषि विकास बैंकले बझाङ्गको बुङ्गल गाउँपालिका –४मा नयाँ शाखा स्थापना गरेको छ । बैंक संचालक समिति सदस्य घनश्याम अवस्थी र बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे ।
प्रमुख कार्यकारी अधिकृत सिटौलाले बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको प्रोडक्ट (एटिएम कार्ड, भिसा कार्ड, आईपिएस, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, आस्वा सुविधा, डिम्याट सुविधा) को बारेमा जानकारी गराउनुका साथै बैंकले यस आ.व.मा प्रत्येक प्रदेशमा कम्तीमा दुई वटा उत्पादनमुलक ठूला राम्रा परियोजनाका लागि वित्तीय लगानी उपलव्ध गराउने कार्यक्रम रहेको जानकारी दिए ।
तपाईंको प्रतिकृया




