पुलमा फसेका ११ खच्चडको जीवितै उद्धार, दुईटा मरे

काठमाडौं । कर्णाली नदीमाथि फसेका १३ खच्चडमध्ये उद्धारको क्रममा दुई खच्चड मरेका छन् । ११ वटाको जीवितै उद्धार भएको छ ।

आइतबार बिहान ९ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट चामल लिन दैलेखको आठविस नगरपालिका–४ खिड्कीज्यूला जाने क्रममा झोलुङ्गे पुलको लठ्ठा चुडिँदा पुलमा अड्किएका खच्चडको उद्धारका लागि सुरक्षाकर्मी पुगेका थिए ।

बिहान ९ बजेतिर फसेका खच्चडको उद्धारका लागि अछाम र दैलेख जिल्लाबाट सशस्त्र प्रहरी, जनपथ प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । खच्चड अड्किएको पुलमा जान असहज भएपछि पुलको लठ्ठा नै काट्नु परेको अछामका प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । अछाम प्रहरी प्रमुख सन्तोष पाठकका अनुसार पुलको एकतर्फको लठ्ठा चुडिँदा थप जोखिम भएको भन्दै पुलमा आवत जावतमा रोक लगाइएको छ ।

आवतजावत रोकिंदा बिहान दैलेखबाट अछाम आएका विद्यार्थीलाई घर फर्किन समस्या भएको छ । बिहान पुल चुडिँनु भन्दा पहिले विद्यालय पुगेका बालबालिक अहिले पुलको छेउमा जम्मा भएका छन् ।

दैलेखको आठबिस नगरपालिका ४ खिड्की ज्युला र ५ पिपलकोटका विद्यार्थी अछामको चिल्तडामा रहेको चण्डिका माध्यामिक विद्यालयमा पढ्छन् । विद्यार्थी घर फर्किनको लागि अब एक मात्र विकल्प डुङ्गाबाट घर फर्किनु पर्ने रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds