जितको लयमा फर्कियो ब्राजिल, एनड्रिक बने नायक

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले मेक्सिकोलाई पराजित गरेको छ । आइतबार बिहान अमेरिकाको टेक्सासस्थित काइल फिल्ड स्टेडियममा भएको खेलमा ब्राजिलले मेक्सिकोलाई ३-२ ले पराजित गरेको हो ।

ब्राजिलका लागि एनड्रिकले निर्णायक गोल गरे । खेल २-२ गोलको स्थितिमा रहेका बेला उनले ९६ औं मिनेटमा भिनिसियस जुनियरको पासलाई गोलमा परिणत गरेका हुन् ।

यसअघि खेलको ५ औं मिनेटमा आन्द्रेज पेरेइरा र ५४ मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाएका थिए । तर मेक्सिकोले ७३ र ९३ औं मिनेटमा गोल फर्काएको थियो । उसको लागि जुलियन एन्ड्रेस र गुइलेर्मो मार्टिनेजले गोल गरे ।

ब्राजिलले यसअघि स्पेनसँग ३-३ को बराबरी खेलेको थियो भने इंग्ल्याण्डलाई १-० ले पराजित गरेको थियो । जुन खेलमा पनि एनड्रिकको गोल नै निर्णायक बनेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मोरक्को र अर्जेन्टिना खेल चलिरहँदा विवाद, २-१ ले हार्‍यो अर्जेन्टिना

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलको पहिलो खेलमै विवाद भएको छ । बुधबार …

प्रतिकृया दिनुहॊस