टी-२० विश्वकपमा आज भारत-पाकिस्तान प्रतिस्पर्धा, हेड टु हेडमा को अगाडि ?

काठमाडौँ । नवौँ संस्करणको जारी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् । पहिलो खेल समूह सी अन्तर्गत वेस्ट इन्डिज र युगाण्डाबीच जारी छ । वेस्ट इन्डिज र युगाण्डाबीच पहिलो पटक टी-२० खेल भएको हो ।

जारी विश्वकपमा वेस्ट इन्डिजले पहिलो खेलमा पिएनजीलाई पराजित गरेर २ अंक हासिल गरेको छ । युगाण्डाले भने यस अघि खेलेका २ मध्ये एक जित र एक हार बेहोरेको छ । युगाण्डा आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो भने दोस्रो खेलमा पिएनजीमाथि ऐतिहासिक जित हासिल गरेको थियो ।

दोस्रो खेल समूह ए अन्तर्गत भारत र पाकिस्तानबीच हुँदैछ । न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८ः१५ बजेदेखि सुरु हुने छ । यस खेललाई यस विश्वकपकै सबैभन्दा ठूलो खेल भनिएको छ ।

जारी विश्वकपमा भारतले आयरल्याण्डविरुद्ध जित हासिल गरेर सुखद सुरुवात गरेको छ भने पाकिस्तानले भने आफ्नो पहिलो खेलमा अमेरिकासँग हार बेहोरेर खराब सुरुवात गरेको छ । भारत र पाकिस्तानबीच अहिलेसम्म कुल १२ टी-२० खेल भएका छन् । जसमा भारतले ९ खेलमा जित हासिल गरेको छ भने पाकिस्तानले ३ खेल जितेको छ ।

टी-२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक आमने सामने भएका छन् । जसमा भारतले ५ पटक जितेको छ भने पाकिस्तानले एक पटक जितेको छ । त्यस्तै एक खेल अनिर्णीत बनेको थियो ।

आज तेस्रो खेल समूह बी अन्तर्गत ओमान र स्कटल्याण्डबीच हुँदैछ । एन्टीगास्थित सर भिभीयन रिचार्ड स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १०:४५ बजेदेखि सुरु हुने छ ।

जारी विश्वकपमा ओमानले आफ्ना दुवै खेलमा हार बेहोरेको छ । ओमानले नामिबिया र अस्ट्रेलियासँग हार बेहोरेको थियो । स्कटल्याण्डले भने नामिबियालाई पराजित गरेको थियो भने इङल्याण्डसँगको खेल वर्षाले रुद्ध हुँदा एक अंक हासिल गरेको थियो । ओमान र स्कटल्याण्डबीच अहिलेसम्म कुल ४ टी-२० भएका छन् । जसमा चारै खेल स्कटल्याण्डले जितेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मोरक्को र अर्जेन्टिना खेल चलिरहँदा विवाद, २-१ ले हार्‍यो अर्जेन्टिना

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलको पहिलो खेलमै विवाद भएको छ । बुधबार …

प्रतिकृया दिनुहॊस