डिशहोम फाइबरनेट जोड्दा फोरके स्ट्रिमर उपहार पाइने

काठमाडाैं । डिशहोम फाइबरनेटले ‘डिशहोम फाइबरनेट जोड्नुहोस्, डिशहोम फोरके स्ट्रिमर उपहार पाउनुहोस्’ अफर सुरु गरेको छ।

शुक्रबारदेखि सुरु भएको यो योजना सीमित अवधिका लागि हो। युरो कप २०२४ सिजनमा ग्राहकहरुको अनुभव अभिवृद्धि गर्न सुरु भएको यो अफर २४ महिनाको लागि २०० सय एमबीपीएस, ३०० एमबीपीएस र सोभन्दा धेरैको प्याकेज खरिद गरी नयाँ कनेक्सन जडान गर्ने तथा नवीकरण गर्ने दुवै सब्सक्राइबरका लागि भएको कम्पनीले जनाएको छ।

यो प्याकेज खरिद गर्ने ग्राहकले डिशहोम फोरके स्ट्रिमर निःशुल्क प्राप्त गर्न सक्नेछन्। प्याकेज खरिद गर्ने ग्राहकले डिशहोम गो एपमार्फत सोनी स्पोर्टस नेटवर्कमा निःशुल्क प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।

डिशहोम फोरके स्ट्रिमरले क्रिस्टल क्लियर भिजुअल र उत्कृष्ट दृश्य अनुभव प्रदान गर्दै फोरके रिजोल्युसनलाई समर्थन गर्दछ।

यसका मुख्य विशेषताहरुमा १६० भन्दा बढी लाइभ च्यानल, दुई सयभन्दा बढी मुभी, सयभन्दा बढी ड्रामा, २० भन्दा बढी रियालिटि सो, गुगल एसिस्टेन्स, डल्बी अडियो, गेमिङ, डल्बी अडियो आदि छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देशमा ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा, प्रतिकिलो १० रुपैयाँसम्म छुट

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालनमा आएको छ । प्रमुख चाड दशैंतिहार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds