प्रहरीका सन्तानलाई छात्रवृत्ति प्रदान गर्न नेपाल बैंक लिमिटेडद्वारा ३० लाखको अक्षयकोष स्थापना

काठमाडौं । नेपाल बैैक लिमिटेडले नेपाल प्रहरीसँगको सहकार्यमा शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ।

प्रहरीका ९ वटा प्रहरी स्कुलहरूमा अध्ययनरत अमर÷सहिद, अशक्त प्रहरी कर्मचारीका सन्ततिहरू र बहालवाला एवम् पूर्व प्र.का.स. देखि प्र.व.ह. दर्जा सम्मका सन्ततिहरू मध्ये उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापनार्थ बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रू.३० लाख आर्थिक सहयोग प्रदान गरेको हो।

नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रममा ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति’ कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि नेपाल बैैक लिमिटेड र नेपाल प्रहरी बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयको उपस्थितीमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले रू.३० लाख रकमकोे चेक प्रहरी वरिष्ठ उपरिक्षक रेवती ढकाललाई हस्तान्तरण गरे।

नेपाल प्रहरीका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप शैक्षिक छात्रवृत्तिका लागि आर्थिक सहयोग प्रदान भएकोमा प्रहरी महानिरीक्षक कुँवरले बैंकप्रति आभार व्यक्त गरे।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले प्रहरी संगठनबाट सञ्चालित विद्यालयहरूमा अध्ययनरत प्रहरी कर्मचारीका सन्ततिहरूलाई छात्रवृत्ति प्रदान गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गरे।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई धादिङको त्रिशूली वीचमा १५ % सम्म छूट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुका लागि थप सेवा दिन धादिङको गल्छीमा रहेको त्रिशूली वीच …

प्रतिकृया दिनुहॊस