नगर प्रहरीमाथि आक्रमण गरेकाे आरोपमा ६ जना विद्यार्थी पक्राउ

काठमाडौं । मोरङको रंगेली नगरपालिकाका कार्यवाहक मेयर, प्रमुख प्रशासकीय अधिकृत एवं नगर प्रहरीमाथि दुर्व्यवहार र आक्रमण गरेकाे आरोपमा ६ जना विद्यार्थी पक्राउ परेका छन् ।

रंगेली नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली-८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि बिहीबार एउटा समूहले दुर्व्यवहार एवं हातपात गरेको थियो । त्यही समूहको आक्रमणमा परेर ४ जना नगरप्रहरी सामान्य घाइते भएका छन् ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सदस्य एवं नेविसंघका सदस्य दीपक यादवसहित ६ जनालाई प्रहरीले पक्राउ गरेर अभद्र व्यवहार मुद्दा चलाउन प्रक्रिया अघि बढाएको छ ।

त्यसकै विराेधमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले कोशी राजमार्गअन्तर्गत विराटनगरको रोडशेष चोकमा यातायात अवरुद्ध पारेका छन् ।

उनीहरूलाई तत्काल छाड्नुपर्ने र मुद्दा चलाउन नपाइने माग राख्दै क्याम्पसका विद्यार्थी सडकमा ओर्लिएर सवारी आवागमन ठप्प पारेका हुन् ।

निजी विद्यालयहरूले आफूखुसी कानुनविपरीत शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाएको भनी आफूलाई विद्यार्थी बताउने समूहले नगरपालिकाको कार्यालय र नगरपालिकाको शिक्षा शाखामा यही जेठ १३ गते ज्ञापन पत्र बुझाएको थियो । तर, चित्तबुझ्दो जवाफ नआएको भन्दै आक्रमण गरिएको प्रहरीले जनाएकाे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपतिबाट संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविदहरुसँगको समेत परामर्शपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम …

प्रतिकृया दिनुहॊस