विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । स्वस्थ जीवनशैलीको माध्यमबाट स्वस्थ रहनको लागि र विद्यालय स्तरदेखि नै जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

५ दिनसम्म चालेको कार्यक्रममा तारकेश्वर नगरपालिकासँगको समन्वयमा २ वटा सामुदायिक विद्यालयका १४ जना प्रधानाध्यापक, स्वास्थ्य विषयका शिक्षक शिक्षिका, विद्यालय नर्स, अन्य शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो ।

विद्यालय स्तरबाट नै हाम्रा बाबालिकाहरुलाई आयुर्वेद र योगको माध्यमबाट स्वस्थ जीवनशैलीको बारेमा व्यवहारिक ज्ञान प्रदान गरी आफ्नो समग्र स्वास्थ्यको सम्बन्धमा स्वयं उनीहरूलाई नै जागरूक बनाई ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ को आदर्श वाक्यलाई सार्थक पार्नको लागि यो कार्यक्रम सञ्चालन गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले जनाएको छ ।

आहार विहार, योग तथा जडीबुटीका व्यवहारिक पक्षलाई समेट्न तालिम कार्यक्रम फलदायी हुने अपेक्षा गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण

काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल, विकास समितिमा रुपान्तरण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले …

प्रतिकृया दिनुहॊस

This will auto close after