विश्वकप छनोटमा नेपालको लगातार पाँचौं हार

काठमाडौं । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत अर्को हार बेहोरेको छ । बिहीबार राति साउदी अरबसम्म सम्पन्न युएईविरुद्धको खेलमा नेपाल ४-० ले पराजित भएको हो ।

पहिलो हाफमा २ गोल गरेको युएईले दोस्रो हाफमा पनि २ गोल गरेको थियो । युएईका लागि हरिब अब्दल्ला सुहेलले २ गोल गरेका थिए भने अलि सालेह र हजेम मोहमदले एक एक गोल गरेका थिए । नेपालले विश्वकपको छनौट अन्तर्गत युएईविरुद्धको पहिलो लिगमा पनि ४-० ले नै हार बेहोरेको थियो ।

यो हारसँगै नेपालले यस पटकको विश्वकप छनौटमा लगातार पाँचौँ हार बेहोरेको छ । अब नेपालले अर्को खेल यमनसँग जुन ११ मा खेल्ने तालिका रहेको छ ।

घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रङ्गशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि ‘न्युट्रल भेन्यू’ को रुपमा साउदी अरबमा खेलेको हो । एएफसीले दशरथ रङ्गशालाको पूर्वाधार अन्तर्राष्ट्रिय खेल खेलाउन मिल्ने नभएको बताएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो ।

नेपालले यसअघि पनि घरेलु मैदानमा खेल्नुपर्ने बहराइनविरुद्ध खेल पनि बहराइनमै खेलेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मोरक्को र अर्जेन्टिना खेल चलिरहँदा विवाद, २-१ ले हार्‍यो अर्जेन्टिना

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलको पहिलो खेलमै विवाद भएको छ । बुधबार …

प्रतिकृया दिनुहॊस