व्यवस्थित बनाउन बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको हो : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बैंकिङ क्षेत्रलाई थप व्यवस्थित बनाउन बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि भएको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफमा यस्तो बताएका हुन् ।

उनले स्वार्थ बाझिने गरी बैंकर्स र व्यवसायी एकै खालको हुन नहुने विषय उठान भएकाले बैंकर्स र व्यवसायी छुट्याएर बैंकलाई थप व्यवस्थित गर्न खोजिएको बताए । उनले यसका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंकको समन्वय र सरोकारवालाहरूको राय परामर्शमा विधेयकमा नयाँ व्यवस्था गरिएको बताए ।

उनले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, औजार, सुरक्षा र जोखिमका आधारमा वित्तीय संस्थाको प्रभावकारी व्यवस्था तथा नियमन गर्नका लागि ल्याएको बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण तथा प्रविधिमा आएको परिवर्तनलाई प्रयोग गर्न र संविधानअनुसार तीन तहका सरकारमा वित्तीय अधिकार क्षेत्र व्यवस्थित रुपले कार्यान्वयन गर्न प्रदेश सरकारहरूले प्रदेश बैंकहरू खोल्न सुरु गरेको बताए ।

उनले नेपालको समग्र बैंकिङ क्षेत्रको विश्वानीयता अभिवृद्धि गर्न, राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाई स्थायित्व कायम गर्न, बैंक तथा वित्तीय संस्थाहरूको स्थापना, सञ्चालन र व्यवस्थापन र नियमन गर्न विधेयक ल्याएको पनि उल्लेख गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

संसद् फेस गर्ने आँटेका प्रधानमन्त्रीसँग कति छ मत ?

काठमाडौं । फेरि कुनै ‘राजनीतिक चमत्कार’ नभए अहिलेकै अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा …

प्रतिकृया दिनुहॊस