rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

आजको पञ्चाङ्ग
वि.सं. जेठ २३, २०८१  ई.सं. 05 Jun, 2024  शक संवत् १९४६  नेपाल संवत् ११४४ बछलागा  । कालयुक्त उत्तरायण ग्रीष्म  बुधबार ज्येष्ठ कृष्णपक्ष  तिथि चतुर्दशी १९:२६ बजेसम्म, त्यसपछी औंसी  नक्षत्र कृत्तिका २१:१७ बजेसम्म, त्यसपछी रोहिणी  योग सुकर्मा ०१:०४ बजेसम्म, त्यसपछी धृति  करण भद्रा ०८:१६ बजेसम्म, त्यसपछी शकुनि १९:२६बजेसम्म, त्यसपछी चतुष्पद  चन्द्रराशि वृष  आनन्दादि योग सिद्धि  दिनमान १३:४६  सूर्योदय ५:१०  सूर्यास्त १८:५६  सिथि च:ह्रे पूजा, वातावरण दिवस । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा  

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनेछ कष्टकर यात्राका साथै मन कमजोर रहला । आँटेको काममा अवरोध आउनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी सही निर्णय लिन सके थप सफलता र अवसर प्राप्त होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । पारिवारिक समस्या पनि बढ्न सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी यात्रा पनि हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्छ । नियमित खर्चसमेत बढ्ने योग छ, तर साँझमा मन प्रसन्न रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रमेश लेखकको प्रश्न- प्रधानमन्त्री संसद्‌मा आउन डराउनुभएको हो ?

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेश भ्रमणबारे संसद्लाई जानकारी गराउन माग गरेको …

प्रतिकृया दिनुहॊस