आइसल्यान्डको अवैतनिक महावाणिज्यदूतमा विदुषी राणा

काठमाडौं । आइसल्यान्डको अवैतनिक महावाणिज्य दूतमा विषदुणी राणा नियुक्त भएकी छिन् । सोमबार काठमाडौंस्थित नयाँ महावाणिज्य दूतावासको उद्घाटनको अवसरमा राणाले पदभार ग्रहण गर्दै दुई देशबीचको सम्बन्ध सुधारमा भूमिका खेल्ने बताएकी हुन् ।

राणाले कूटनीतिक र आर्थिक सम्बन्धका पारस्परिक लाभहरू बताउँदै दुई राष्ट्रहरू बीचको सांस्कृतिक र व्यावसायिक आदानप्रदानलाई प्रवर्द्धन गर्न आफ्नो भूमिकाको महत्वपूर्ण रहेको बताएकी छिन् ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नव नियुक्त महावाणिज्यदुत राणाले दुइ देशको सम्बन्ध प्रगाढ बनाउन र नेपालमा औद्योगिक र प्राविधिक क्षेत्रको विकासमा आइसल्याण्डको सहयोगको लागि महत्वपूर्ण बनाउन खाग्रह गरे ।

नेपालका लागि आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा विदुषी राणाको नियुक्तिको उत्सव र सम्मान समारोहको आयोजना गरिएको थियो । उपसभामुख इन्दरा राणा, मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर र विभिन्न देशका राजदूतहरुको सहभागिता रहेको थियो । राजदूतहरुको उपस्थिति रहेको थियो  ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सीजी मोटर्सले ल्यायो नेटा भी र एक्समा दसैँ विशेष अफर

काठमाडौं । सीजी मोटर्सले दसैँमा ग्राहकहरूलाई लक्षित गर्दै नेटा भी र नेटा एक्समा विशेष अफरहरू …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds