विश्वकपमा नेपाली टिमलाई ऐतिहासिक सफलता प्राप्त हुनेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टी-२० विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय टिमलाई बधाई तथा शुभकामना दिएका छन् ।

नेपालले आज टी-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेदरल्याण्डसविरुद्ध खेल्दै छ । आज नेपाल इसम्य अनुसार राति ९: १५ बजेदेखि खेल हुदै छ । प्रधानमन्त्रीले नेपाली टिमलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिएका छन् ।

प्रधानमन्त्रीले भनेका छन्- ‘एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ, यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको छ। देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, सङ्घर्ष र सफलता प्राप्त गरेकोमा नेपाली क्रिकेट टिमप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। मेरो नेतृत्वको सरकारले खेल क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि निरन्तर महत्वपूर्ण निर्णयहरू गरी कार्यान्वयन गर्दै आइरहेको छ। सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुँदैछ। मेरो विश्वास छ– विश्वकपले नेपालको पहिचान थप उच्च बनाउनेछ, नेपाली टिमलाई ऐतिहासिक सफलता प्राप्त हुनेछ। उत्कृष्ट प्रदर्शनका लागि नेपाली टिमलाई मेरो हार्दिक शुभकामना छ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चिलीमाथि अर्जेन्टिनाको सहज जित

काठमाडौं । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत अर्जेन्टिनाले चिलीलाई पराजित गरेको छ । शुक्रबार बिहान …

प्रतिकृया दिनुहॊस