नेपाल लाइफ इन्स्योरेन्सद्वारा नगद लाभांश घोषणा

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको आइतबार बसेको ३७६ औँ बैठकले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २१.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कायम कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँ रहेको छ । जसको २१.०५ प्रतिशतले हुन आउने लाभांश रकम १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९५९ रुपैयाँ वितरण हुनेछ ।

तथापि, उक्त नगद लाभांशमध्ये १.०५ प्रतिशत बराबरको रकम भने कर प्रयोजनका लागि हुने कम्पनीले जनाएको छ । यो निर्णय नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी बस्ने वार्षिक साधारणसभाले पारित गरे पश्चात सेयर धनीहरूमा वितरण हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने

काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र स्वास्थ्य बीमा बोर्डबीच स्वास्थ्य बीमा सेवा लागू गर्ने …

प्रतिकृया दिनुहॊस